आईसीसी लिग २ को अन्तिम खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
यूएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले सुरुमै तीन विकेट गुमाए पनि अहिले भीम सार्की र कुशल भुर्तेलले इनिङ सम्हालिरहेका छन्।
कुशलले ३२ बलको सामना गर्दै ३ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। भीम सार्कीले २९ बलमा २४ रन बनाएका छन्। १६औँ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा ९८ रन बनाएको छ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको छ। विशाल लक्ष्य पछ्याएको नेपाल सुरुबाटै दबाबमा परेको छ।
कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए भने आसिफ शेख शून्यमै स्टम्पिङ भए।
त्यसपछि आएका कुशल मल्ल पनि ५ बलमा मात्रै ५ रन जोडेर क्याचआउट भए।
63
Shares
प्रतिक्रिया