खेल


विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा

आज बिहान प्रधानमन्त्री निवास पुगेका विजयी नेपाली क्रिकेट टोलीका सदस्य, प्रशिक्षक र अफिसियलहरूा


नेपालखबर
चैत ३ , काठमाडौँ

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान रकम घोषणा गरेका हुन्। 

यस क्रममा उनले टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३/३ लाख रुपैयाँ दिने घोषणा गरे। 

साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए। 

‘त्रिवि क्रिकेट मैदानमा तत्काल फ्लडलाइट र स्कोरबोर्ड व्यवस्था गरिनेछ’, प्रधानमन्त्री प्रचण्डले खेलाडीसँग भने, ‘केही रंगशाला निर्माण पनि अघि बढाइनेछ।’ 

प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए।

बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। 

चैत ३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.