इङ्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यनम्युनिखको सामना गर्नु पर्ने भएको छ।
जर्मन क्लब म्युनिख अन्तिम १६ मा फ्रेन्च क्लब पीएसजीलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगेको हो।
हालसम्म च्याम्पियन्स लिग जित्न नसकेको सिटीले पनि अन्तिम १६ मा सानदार प्रदर्शन गरेको थियो।
समग्रमा ८–१ ले आरबी लाइपजिगलाई पराजित गर्दा सिटीका नर्वेजियन स्टार अर्लिङ हल्याण्डले एकै खेलमा ५ गोलको कीर्तिमान राखेका थिए।
यी दुईको बिजेताले सेमिफाइनलमा रियल र चेल्सीबीचको विजेतासँग भिड्ने छन्।
क्वार्टर फाइनलका अरु खेलमा रियल र चेल्सी भिड्दा इटालियन क्लब नापोली र एसी मिलान तथा इन्टर मिलानले पोर्चुगिज क्लब बेनिफिकाको सामना गर्नेछ।
चैत ३, २०७९, शुक्रबार
प्रतिक्रिया