लिजेन्ड्स लिग क्रिकेटको उपाधि एसिया लायन्सले जितेको छ। नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित लायन्सले वल्र्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको जायन्ट्सले ४ विकेटको क्षतिमा १४७ रन जोड्यो।
उसका लागि ज्याक कालिसले नटआउट ७८ रन जोडे। लेन्ड सिमन्सले १७ रन र रोस टेलरले नटआउट ३२ रन बनाए।
बलिङमा लायन्सका अब्दुर रजाकले २ विकेट र थिसारा परेराले १ विकेट लिए।
१४८ रनको लक्ष्य लायन्सले ३ विकेटको क्षतिमा १६.१ ओभरमा पूरा गर्यो।
66
Shares
प्रतिक्रिया