ad ad

खेल


मेयर्स कप टी २० : एपीएफले मधेशलाई १० विकेटले हरायो

मेयर्स कप टी २० : एपीएफले मधेशलाई १० विकेटले हरायो

मेयर्स कप अन्तर्गत मधेश र एपीएफको खेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत ९, २०७९ बिहिबार १५:४९, काठमाडौँ

एपीएफ क्लबले ललितपुर मेयर्स कप टी २० च्याम्पियनसिपमा विजय सुरुवात गरेको छ। 

बिहीबार कीर्तिपुर मैदानमा भएको खेलमा एपीएफले मधेस प्रदेशलाई १० विकेटले हराएको हो। 

मधेश प्रदेशले दिएको ५९ रनको झिनो लक्ष्य एपीएफले ७.३ ओभरमा विना विकेटको क्षति भेट्टायो। एपीएफकी कप्तान सिता रानामगर ४५ र ज्योति पाण्डे ८ रनमा नटआउट रहे। ३६ बलको सामना गरेकी सिताले ९ चौका हानिन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेस प्रदेश १९.४ ओभरमा ५८ रनमा अलआउट भयो। 

मधेसका लागि साना प्रविनले सर्वाधिक २५ रनको योगदान दिईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। ओपनर अलिसा यादव १ र अनुराधा चौधरी शुन्य रनमा बोल्ड आउट भए। प्रतिमा शाह शुन्य रनमा एलबीडब्लु धरापमा परिन्। सिमा कुँवर ८ र सरस्वती कुमारी ५ रनमा पवेलियन फर्के। 

एपीएफका लागि सोनु खड्का एक्लैले ४ विकेट लिइन्। लागि सिता रानामगर ३ विकेट लिइन्।  रेखा रावल, नेरी थापा र इन्दु बर्माले एक एक विकेट लिए। 

आजै भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले ललितपुर मेयर्स ११ लाई ५१ रनले हराएको थियो।

तस्बिरहरु : सरोज नेपाल/नेपालखबर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .