सातौँ संस्करणको विराट गोल्डकपमा साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार विराटनगरस्थित शहीद रंगशालामा भएको खेलमा विदेशी टोली भूटानको ड्रक लयुल फुटबल क्लबलाई २-१ गोलले हराउँदै एपीएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो।
खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका युवराज खड्काले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। सविन थापाले निकालेको पासमा खड्काले हेडमार्फत गोल गरे।
खेलको ३३ औँ मिनेटमा भूटानका फोफोना इब्रहिमले खेललाई सन्तुलनमा ल्याए।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो।
दोस्रो हाफको अतिरिक्त समयमा भूटानका खेलाडी कान्टे मुसाले हेन्ड गरेपछि एपीएफले पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै एपीएफका अरमान्द्र वेडमलले एपीएफलाई जित दिलाए।
प्रतियोगिताका भूटानका मुसाले पहिलो रेड कार्ड पाएका छन्। एपीएफका युवराज खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको बल मुसाले हातले रोकेपछि उनलाई रेफ्रीले रातो कार्ड दिएका थिए।
खेलको म्यान अफ द म्याच एपीएफका अरमान्द्र बेडम घोषित भए।
एपीएफले अब फाइनल प्रवेशका लागि भारतको लुका सकर र संकटा क्बल बीचको बिजेता टिमसँग खेल्नेछ
Shares
प्रतिक्रिया