ad ad

खेल


नेपाल रसियासँग पराजित

नेपाल रसियासँग पराजित

नेपालखबर
चैत १२, २०७९ आइतबार २१:२१, काठमाडौँ

साफ यू–१७ महिला फुटबल च्याम्पियनसिपमा नेपाली टोली रसियासँग पराजित भएको छ। 

बंगलादेशको ढाकास्थित विर श्रेष्ट शहिद सिपाही मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाल बलियो टोली रसियासँग ३–० गोल अन्तरले पराजित भएको छ। हारसँगै नेपालको उपाधि जित्ने सपना सकिएको छ। 

रसियाको जितमा एलिना गोलिकले दुई तथा पोलिना फ्युसिनाले एक गोल गरे। 

खेलको पहिलो हाफमा रसियालाई गोलरहित बराबरीमा रोकेको नेपालले तिनै गोल दोस्रो हाफमा खाएको हो। 

नेपालले च्याम्पियनसिपको अन्तिम खेलमा घरेलु टोली बंगलादेशससँग मंगलबार खेल्नेछ। 

जितसँगै तीन खेलमा अपराजित रहेको रसिया ९ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

दुई खेलमा जित र एक खेलमा हार भोगेको भारत ६ अंकमा दोस्रो स्थानमा छ। बंगलादेश ६ अंकमा तेस्रो स्थानमा रहँदा एक खेलमा मात्र जित निकालेको नेपाल ३ अंकमा चौँथो स्थानमा छ।

समूह चरणका सबै खेलमा हार भोगेको भुटान अंकविहीन हुँदै पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .