ad ad

खेल


डेनमार्कलाई हराउँदै काजाकिस्तानको उत्कृष्ट पुनरागमन

डेनमार्कलाई हराउँदै काजाकिस्तानको उत्कृष्ट पुनरागमन

नेपालखबर
चैत १३, २०७९ सोमबार ६:५२, काठमाडौँ

युरो कप २०२४ को छनोटमा डेनमार्कलाई हराउँदै काजाकिस्तानले जितमा उत्कृष्ट पुनरागमन गरेको छ। 

आइतबार राति भएको खेलमा २–० ले पछि परेको काजाकिस्ताले ढिला गरी दुई गोल फर्काउँदै उत्कृष्ट नतिजा निकालेको हो। 

बिहीबार फिनल्यान्डविरुद्ध ह्याट्रिक गरेका रासमुस होजलुन्डले पहिलो हाफमा दुई गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए।

खेलको ७३औं मिनेटमा बख्तियार जायनुतदिनोभले पेनाल्टीमा गोल गर्दै काजाकिस्तानलाई खेलमा फर्काए। खेलको ८६औं मिनेटमा अस्कात ट्यागिबर्गनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८९औं मिनेटमा अबात एम्बेटोभले गोल गर्दै डेनमार्कविरुद्ध पुनरागमन जित हासिल गराए। एम्बेटोभ इन्ज्युरी समयको छैटौं मिनेटमा दोहोरो पहेँलो कार्ड कार्ड खाँदै मैदान छाडे। 

दुई खेलमा एकमा जित र एकमा हार भोगेको काजाकिस्तान ३ अंकमा समूह जीको अंक तालिकाको तेस्रो स्थानमा छ।

एक खेलमा जित र एक खेलमा हार भोगेको डेनमार्क दोस्रो स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा स्लोभेनियाले सानमारियोलाई २–० ले पाखा लगायो। लगातार दोस्रो जित हासिल गरेको स्लोभेनिया ६ अंकमा तालिकाको शीर्ष  स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .