ad ad

खेल


पहिलो हाफमा नेपाललाई भुटानले पछि पार्‍यो (तस्बिरहरु)

पहिलो हाफमा नेपाललाई भुटानले पछि पार्‍यो (तस्बिरहरु)

नेपाल र भुटानका खेलाडी बलका लागि संघर्ष गर्दै। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
चैत १४, २०७९ मंगलबार १९:१, काठमाडौँ

प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भइरहेको भुटानविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० गोलले पछि परेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २० औँ मिनेटमा नेपालले गोल खाएको हो। नेपाली खेलाडीहरुको फितलो प्रदर्शनबीच भुटानले कर्णरबाट अग्रता लिएको हो।

दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए।

सिनियर टोलीमा नेपाल अहिलेसम्म भुटानसँग पराजित भएको छैन। तर यो प्रतियोगितामा नेपालले गोल खाएर पछि परेको छ।

नेपाललाई फाइनलमा पुग्न बराबरीको नतिजा पर्याप्त हुनेछ। भुटानलाई फाइनलमा पुग्न नेपाललाई कम्तीमा २ गोलको अन्तरले जित्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .