ad ad

खेल


युरोकप छनोट : स्कटल्यान्डसँग स्पेन स्तब्ध

युरोकप छनोट : स्कटल्यान्डसँग स्पेन स्तब्ध

नेपालखबर
चैत १५, २०७९ बुधबार १२:३३, काठमाडौँ

युरोकप छनोटअन्तर्गतको खेलमा पूर्वविजेता स्पेनलाई स्कटल्यान्डले स्तब्ध बनाएको छ।

म्यानचेस्टर युनाइटेडका स्कट म्याकटोमिनेको २ गोल मद्दतमा युरो २०२४ को छनोटअन्तर्गत गएराति भएको खेलमा स्पेनलाई स्कटल्यान्डले पराजित गरेको हो। 

घरेलु मैदानमा स्कट म्याकटोमिनेले पहिलो र दोस्रो हाफमा एक एक गवल गरे। 

हाम्डेन पार्क ग्लास्गोमा भएको खेलमा म्याकटोमिनेले खेलको सातौँ मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा पहिलो गोल गरे।

पहिलो हाफ १-० मा सकेको स्कटल्यान्डले दोस्रो हाफमा अर्को गोल थप्यो। म्याकटोमिनेले नै खेलको ५१औँ मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। 

स्पेल बलमा पकड राखेर पनि अग्रपंक्ति चल्न नसक्दा नतिजा सुम्पिन बाध्य भयो। 

युरोकप छनोटअन्तर्गत समूह ए अन्तर्गतक पहिलो खेलमा स्पेनले नर्वेलाई ३-० ले हराएको थियो।

उता स्कटल्यान्ड लगातार दुई जितसहित समूहको शीर्ष स्थानमा छ। स्कटल्यान्डले पहिलो खेलमा साइप्रसलाई ३–० ले हराएको थियो। त्यस खेलमा पनि म्याकटोमिने चम्किँदै २ गोल गरे।

उता मंगलबार नै यही समूहको अर्को खेलमा नर्वे र जर्जिया १–१ गोलको बराबरीमा रोकिएका छन्। उनीहरु दुवैले अंकको खाता खोलेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .