डिफेन्डर सिर्जना चेम्जोङलाई पहिलो पटक टोलीमा समेट्दै ओलम्पिक छनोट अन्तर्गत घरेलु मैदानमा हुने भियतनामसँगको खेलका लागि २२ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ।
टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले शुक्रबार २२ सदस्यीय टोलीको घोषणा गरेका हुन्। टोलीमा डिफेन्डर पूजा रानाले पुनरागमन गरेकी छिन्। घुँडाको चोटका कारण पूजा करिब सात मैदान बाहिर थिइन्।
टोलीका नियमित सदस्य गीता राना र प्रिती राईले भने घुँडाको चोटका कारण ओलम्पिक छनोट गुमाएका छन्।
नेपालले आगामी बुधबार र शनिबार घरेलु मैदानमा भियतनामसँग दुई खेल खेल्नेछ। छनोटको समूह सी मा रहेका दुई टोलीले राउण्ड रोविनमा खेल खेल्नेछन्। समूहको शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन्।
राष्ट्रिय टोली
गोलरक्षक : एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना मगर, उषा नाथ
डिफेन्डर : समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैसी, विमला विक, निसा थोकर, पूजा राना, सिर्जना चेम्जोङ
मिडफिल्डर : रेनुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता रानामगर, अनिता बस्नेत, अनिता केसी
फरवार्ड : अमिसा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक
Shares
प्रतिक्रिया