प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाली युवा फुटबलर आयुस घलान सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको फाइनलमा नेपाललाई उपाधि दिलाउने क्रममा एक गोल गरेका घलान सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आयुषले ५ सय अमेरिकी डलर पनि पाएका छन्।
यसैगरी लाओसविरुद्ध २-१ ले जितेको फाइनल खेलमा एक गोल गरेका नेपालका मनिष डाँगी प्लेयर अफ द म्याच भए।
216
Shares
प्रतिक्रिया