एसीसी प्रिमियर कपको तयारीका लागि अहिले मूलपानी क्रिकेट मैदानको काम धमाधम भइरहेको छ। प्रिमियर लिग आगामी वैशाख ५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछ।
प्रिमियर कपका लागि अहिले मूलपानीस्थित माथिल्लो र तल्लो मैदानको काम भइरहेको छ। अहिले भिआइपी ब्लक, खेलाडीको चेन्जिङ रुम, प्लेयर बक्स, प्यारापिटका कामहरू भइरहेको हो।
मूलपानी मैदानका कामहरू विभिन्न चरणमा भइरहेको छ। पहिलो चरणको काम सकिएपछि अहिले दोस्रो चरणको काम भइरहेको हो।
प्रिमियर कपका लागि मूलपानीको तल्लो मैदानलाई प्रशिक्षण मैदान बनाउनका लागि निमार्ण कार्यले तिव्रता पाएको छ। माथिल्लो मैदान खेल्नका लागि तयार भइसकेको छ।
प्रतियोगितामा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेको समुह ए मा छ। घरेलु टोली नेपालले लिगको एक खेल मात्र मूलपानी मैदानमा खेल्नेछ। नेपालले साउदी अरेबियासँग मूलपानीमा खेल्नेछ।
प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ।
नेपाली टोलीः
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सुदीप जोरा, श्याम ढकाल, कमल सिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो, देव खनाल।
प्रतिक्रिया