ad ad

खेल


लिभरपुलविरूद्ध म्यानचेस्टर सिटीको एकपक्षीय जित

लिभरपुलविरूद्ध म्यानचेस्टर सिटीको एकपक्षीय जित

नेपालखबर
चैत १८, २०७९ शनिबार २०:१९, काठमाडौँ

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले बलियो प्रतिद्वन्द्वी लिभरपुुलविरूद्ध एकपक्षीय जित दर्ता गरेको छ।

इन्टरनेशनल ब्रेकपछिको पहिलो खेलमा सिटीले घाइते भएका प्रमुख स्ट्राइकर इर्लिङ हालान्डबिनै लिभरपुलविरूद्ध ४(१ को एकपक्षीय जित निकालेको हो।

यद्यपि सिटीको मैदानमा भएको खेलमा अग्रता भने लिभरपुलले खेलको १७ औँ मिनेटमा मोहम्मद सालाको गोलमा लिएको थियो।

तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो। उसमा लागि जुलियन अल्भारेजले बराबरी गोल गरे।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा खेलको ४६ औँ मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनायो।

त्यसपछि खेलको ५३ औँ मिनेटमा इल्के गुन्डोगानले गोल गरेपछि सिटी ३-१ ले अघि बढ्यो। एकपक्षीय खेलको ७४ औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीले फराकिलो जित दर्ता गर्यो। ग्रेलिस नै म्यान अफ दि म्याच घोषित भए।

यो जितपछि सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत छ। तर उसले ६९ अंकसहितको लिग लिडर आर्सनलमाथि दबाब बढाएको छ।

आर्सनलले शनिबार नै लिड्स युनाइटेडसँग खेल्दै छ। यो खेल जितेमा आर्सनलको उपाधि होड बलियो हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .