इंग्लिस प्रिमियर लिगमा चेल्सी एस्टोन भिल्लासँग पराजित भएको छ।
आइतबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा एस्टोन भिल्लाले २–० को जित निकालेको हो।
दुई परिचित प्रतिद्वन्द्वी चेल्सीले काउण्न्टर अट्याकमा फाइदा उठाउन सकेन। खेलको १८ औँ मिनेटमा ओली वाटमिन्सले डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।
पहिलो हाफमा १–० ले अग्रता बनाएको एस्टोन भिल्लाले दोस्रो हाफमा एक गोल थप्यो। खेलको ५६ औँ मिनेटमा जोन म्याकगिनले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे।
गत अक्टोबरमा एमरीले टोली सम्हाले यता भिल्लाको यो पाँचौं जित हो। जितसँगै भिल्ला नवौँ स्थानमा उक्लिएको छ।
गएरातिकै खेलमा नटम फरेष्ट वुल्भ्सले एक–एक तथा ब्राइटनेन र ब्रेनफोर्टले ३–३ को बराबरी गर्दै अंक बाँडे।
18
Shares
प्रतिक्रिया