रोबर्टो लेवान्डोस्कीको दुई गोलसँगै बार्सिलोना सन् २०१९ पछि पहिलो स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ।
शनिबार राति भएको खेलमा एल्चेमाथि ४–० को फराकिलो जित निकाल्दै बार्सिलोना उपाधि नजिक पुगेको हो। खेलको २० औँ मिनेटमा पोल्याण्डका स्टाइकर लेवान्डोस्कीले गोल गर्दै बार्सालाई सुरुवाती अग्रता दिलाएका थिए।
५६ औँ मिनेटमा अन्सु फातिले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। खेलको ६६ औँ मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।
७० मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्साको फराकिलो पारे।
जितसँगै बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा १५ अंकले अघि छ। एल्चेले सेबास्टियन बेकासेसको नेतृत्वमा पहिलो खेल खेलिरहेको थियो। एल्चेले सिजनको चौथो प्रशिक्षक पाएको हो।
गएराति कै खेलमा जिरोनाले स्प्यानोललाई तथा सेभिल्लाले काडिजलाई समान २–० गोल अन्तरले हराए। एथलेटिको बिल्वाओ र गेटाफेले भने गोलरहित बराबरी खेले।
Shares
प्रतिक्रिया