भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेन ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्बलमा आवद्ध भएका छन्।
२ पटकको लिग च्याम्पियन मछिन्द्रले सोमबार काठमाडौंमा पत्रकार सम्म्मेलन गर्दै चेन्चेलाई क्लबमा आवद्ध गरेको घोषणा गरेको हो।
यसअघि भुटानी रोनाल्डोका रुपमा चर्चित २६ वर्षीय चेन्चो ५ हजार डलरमा क्लबमा अनुबन्ध भएको सार्वजनिक भएको थियो। तर अनुबन्धको औपचारिक घोषणा कार्यक्रममा दुवै पक्षले यसबारे केही खुलएनन्।
चेन्चो प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न काठमाडौंमा आएका बेला मछिन्द्रले सम्पर्क गरेको थियो। त्यहीबेला दुई पक्षबीच सम्झौता भएको थियो। सोमबार त्यसलाई औपचारिकता दिँदै मछिन्द्रले चेन्चोलाई क्लबको खेलाडीका रुपमा सार्वजनिक गरेको हो।
चेन्चोले अब मछिन्द्रबाट जर्सी नम्बर ७७ लगाएर ए डिभिनज लिगसहितका घरेलु प्रतियोगिता खेल्ने छन्।
मछिन्द्रले यसअघि लगातार दुई पटक ए डिभिजन लिग उपाधि जितिसकेको छ। जारी सिजनको सुरुवातमा लय समात्न नसकेको अवस्थामा मछिन्द्रले भुटानका अनुभवी खेलाडीलाई अनुबन्ध गरेको हो।
Shares
प्रतिक्रिया