भुटानी राष्ट्रिय टोलीका कप्तान चेन्चो ग्याल्सेनले नेपाली फुटबलमा डेब्यु गरेका छन्।
दुई पटकको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबमा आवद्ध भएका चेन्चोले हिमालयन शेर्पासँगको खेलमा सुरुवाती ११ मा स्थान बनाउँदै नेपाली फुटबलमा डेब्यु गरेका हुन्।
उनी ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्बलमा यही चैत २० गते आवद्ध भएका थिए।
मछिन्द्रले सोमबार काठमाडौंमा पत्रकार सम्म्मेलन गर्दै चेन्चेलाई क्लबमा आवद्ध गरेको घोषणा गरेको थियो।
यसअघि भुटानी रोनाल्डोका रुपमा चर्चित २६ वर्षीय चेन्चो ५ हजार डलरमा क्लबमा अनुबन्ध भएको सार्वजनिक भएको थियो। तर अनुबन्धको औपचारिक घोषणा कार्यक्रममा दुवै पक्षले यसबारे केही खुलाएका छैनन्।
चेन्चो प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न काठमाडौंमा आएका बेला मछिन्द्रले सम्पर्क गरेको थियो।
त्यहीबेला दुई पक्षबीच सम्झौता भएको थियो। सोमबार त्यसलाई औपचारिकता दिँदै मछिन्द्रले चेन्चोलाई क्लबको खेलाडीका रुपमा सार्वजनिक गरेको हो।
चेन्चोले मछिन्द्रबाट जर्सी नम्बर ७७ लगाएर ए डिभिनज लिग खेल्दैछन्।
Shares
प्रतिक्रिया