ad ad

खेल


अपराजित मनाङ शीर्ष स्थानमा

अपराजित मनाङ शीर्ष स्थानमा

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १६:१८, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई कायम राख्दै मनाङ मर्स्याङ्दी क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

शुक्रबार च्यासल मैदानमा भएको खेलमा फ्रेण्ड्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो। मनाङको जितमा दुवै गोल विदेशी खेलाडी कोफि टिमोथी कौडोले गरे। 

खेलको ३४ औं मिनेटमा कोफि टिमोथी कौडोले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। ५२ औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

लिगमा अपराजित रहेको मनाङले ६ खेलबाट १४ अंक जोडेको छ। मनाङले ४ खेलमा जित र २ खेलमा बराबरीको नतिजा निकालेको छ। 

मनाङले लिग चरणको पहिलो खेलमा हिमालयन शेर्पासँग एक एक गोलको बराबरी गरेको थियो। दोस्रो खेलमा संकटालाई १–० ले हराएको मनाङले मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।

एनआरटीलाई ३–१ ले हराएको मनाङले एपीएफ फुटबल क्लबलाई २–१ ले पाखा लगाएको थियो। 

लिगमा चौथो हार व्यहोरेको फ्रेण्डस क्लब भने ४ अंकमा १२ औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .