ad ad

खेल


जनकपुरधाम मेयर कप अन्तर्गत सिरहा र बारा विजयी

जनकपुरधाम मेयर कप अन्तर्गत सिरहा र बारा विजयी

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १९:१७, जनकपुरधाम

जनकपुरधाममा जारी मेयर कपको क्रिकेट प्रतियोगिता अन्तर्गत खेलमा बारा र सिरहाको टिम विजयी भएको छ।

शुक्रबारको पहिलो खेलमा बाराले हेटौँडालाई पराजित गरेको छ। 

बाराले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको हेटौँडाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २४ रनमा सीमित भएपछि २० रनले पराजित भएको हो। हेटौँडाको ब्याटिङ्गमा विशाल फुयालले २१, शुभ कंजकार तथा अशिम श्रेष्ठले १७/१७ र रामनरेश गिरी १५ रनको योगदान गरे। 

हेटौँडालाई सस्तैमा समेट्न अनिल साहले सर्वाधिक ३ विकेट लिन सफल भए। त्यस्तै, कुमार थापा र अरनिको यादवले २/२ विकेट लिए।

यसअघि बाराले पहिले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रनकोृ स्कोर खडा गरेको थियो। 

बाराको ब्याटिङ्गमा साहिल पटेलले ४१ रनको पारी खेले। त्यस्तै, मेघराज महराले ३४, तिर्थराज दासले २४ र अरनिको यादवले २० रनको योगदान गरे। पहिलो खेलको म्यान अफ द म्याच अरनिको यादव भए। 

त्यस्तै, शुक्रबारकै दोस्रो खेलमा सिरहाले महोत्तरीलाई १३ रनले पराजित गरेको छ। 

टस जितेर पहिले ब्याटिङ्ग गरेको सिरहाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ९ रनको स्कोर खडा गरेको थियो। १ सय १० रनको लक्ष्य पछयाउन मैदानमा उत्रेको महोत्तरी ९ विकेटको क्षतिमा मात्र ९६ रन जोड्न सक्यो। महोत्तरीको ब्याटिङ्गमा नविन यादवको ३८ रन बाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

सिरहाका लागि राकेश कामतले सर्वाधिक ३९ रनको योगदान गरे। त्यस्तै, अशोक यादवले २२ रन बनाए। महोतरीको बलिङमा हरेकृष्ण झा र नविन यादवले २/२ विकेट लिन सफल भए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .