नेपाली महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले भियतनामसँगको खेलमा टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएकी छिन्।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हार व्यहोरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएकी हुन्।
‘पहिलाको खेल त्यति राम्रो भएन। डिफेन्ससँग कम्बिनेसन नमिल्दा सुरुवातमा नै गोल खान पुगे। त्यो दुई गोल रोकेको भए खेल बराबरी हुने थियो,’ उनले भनिन्, ‘सायद दोस्रो हाफमा गोल राम्रो खेल पस्कन सक्यौ टोलीको प्रर्दशनबाट सन्तुष्ट छु।’
खेलपछिको पत्रकार सम्मेलनमा भावुक भएकी एञ्जिलाले समर्थकबाट डिफेन्डर र गोलरक्षकले गाली गर्दा आफूलाई नराम्रो लागेको बताइन्।
135
Shares
प्रतिक्रिया