ad ad

खेल


आर्मी र सातदोबाटोको रोमाञ्चक बराबरी

आर्मी र सातदोबाटोको रोमाञ्चक बराबरी

नेपालखबर
चैत २६, २०७९ आइतबार १९:५२, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले रोमाञ्चक बराबरी गरेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र सातदोबाटोले ३–३ गोलको रोमाञ्चक बराबरी गरे। 

खेलको चौथो मिनेटमा जगजित श्रेष्ठको पासमा कप्तान जिलेस्पीजंग कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए। 

खेलको २५औं मिनेटमा तिन डिफेन्डरलाइ बिट गर्दै सातदोबाटोका दिपक राज सिंह ठकुरीले गरेको प्रहार आर्मीका सुरज बस्नेतलाई लाग्दै गोलमा परिणत भयो। 

खेलको ३८औं मिनेटमा जिलेसपीले नै व्यक्तीगत दोस्रो गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए। सातदोबाटोका डिफेन्डर किपरको तालमेल नमिल्दा जिलेस्पीले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए।  

खेलको ४८औं मिनेटमा सातदोबाटोका निरज चौधरीको क्रसमा सार्दोवेक मातमुरातोले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

आर्मीका गोलरक्षक विकेश कुथुले छाडेको बलमा सार्दोवेकले बललाई पोष्टको जाली चुमाए। 

खेलको ५२औं मिनेटमा दिपक गुरुङले गोल गर्दै आर्मीलाई ३–२ को अवस्थामा ल्याए।

दिपकले राइट विंगबाट हानेको क्रस सिधै पोष्टमा लागेको थियो। खेलको ६१ औं मिनेटमा दिपेक राजसिंहको प्रहार गोलरक्षकले बचाए। 

खेलको ८५औं मिनेटमा विलियम ओपोकुले ३० यार्डबाट रोमाञ्चक गोल गर्दै सातदोबाटोलाई ३–३ को अवस्थामा ल्याए। 

बराबरीसँगै आर्मी र सातदोबाटोले अंक बाँडेका छन्। आर्मीले सात खेलबाट ९ अंक बनाएको छ। सातदोबाटोको १३ अंक बनाउँदै तेस्रो स्थानमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .