सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका हुन्।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ।
एपीएफले ७ खेलमा ११ अंक जोडेको छ।
खेलपछि एपीएफका मुख्य प्रशिक्षक रत्नकाजी महर्जनले टिममा तालमेल नमिल्दा खेल बिग्रिएको बताए। खेलमा खेलाडीबीच तालमेल नमिल्दा खेल बिग्रियो। ३ अंकको लागि खेलेको १ अंकमा खुसी हुनु पर्ने अवस्था छ।
‘शीर्ष चारमा पुग्न यो खेलले गार्हो हुन्छ’, उनले भने।
चर्च ब्वाइजका गोलकिपर प्रशिक्षक मिर सावन्तले एक अंकमा खुशी रहेको बताए। ‘आज खेल राम्रो भयो। एक अंक हाम्रो लागि राम्रो हो,’ उनले भने।
Shares
प्रतिक्रिया