शहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणको अन्तिम खेलमा मनाङ मस्र्याङदी क्लब र थ्रीस्टार क्लबले बराबरी खेलेका छन्।
खेलको १२ औं मिनेटमा दिपेश गुरुङको क्रसमा सन्तोष साहुखलको प्रहार गोलरक्षक दिप कार्कीले बचाए। खेलको ५१ औं मिनेटमा विराज महर्जनको पासमा योगेस गुरुङको प्रहार गोलरक्षकले बचाए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको सातौँ चरणको अन्तिम खेलमा मनाङ र थ्रीस्टारले १–१ गोलको बराबरी गर्दै अंक बाँडेका छन्।
खेलको ७८ औं मिनेटमा सन्तोष शाहुखलले गोल गर्दै थ्रीस्टारलाई सुरुवात्ी अग्रता दिलाएका थिए। सन्तोषले पेनाल्टी एरियाको भित्रबाट हानेको बलले पोष्टको गति लिएको थियो।
खेलको ८५ औं मिनेटमा कोफि कोडुले गोल गर्दै मनाङलाई बराबरीमा ल्याए। कोफुले भिसोन गुरुङको पासमा गोल गर्दै मनाङलाई हारबाट जोगाएका थिए।
बराबरीसँगै ७ खेलबाट १५ अंक जोडेको मनाङ तालिकाको शीर्ष स्थानमा यथावत छ। लिगमा चौथो दोस्रो बराबरी गरेको थ्रीस्टार क्लबले ११ अंक बनाएको छ।
Shares
प्रतिक्रिया