ad ad

खेल


खुमलटारको पोस्टमा मछिन्द्रको सात गोल

खुमलटारको पोस्टमा मछिन्द्रको सात गोल

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०७९ मंगलबार १६:३३, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारमाथि सानदार जित निकालेको छ। 

च्यासल मैदानमा मंगलबार भएको खेलमा दुई पटकको च्याम्पियन मछिन्द्रले नवप्रवेशी खुमलटारलाई ७–३ गोल अन्तरले पाखा लगाएको हो। 

मछिन्द्रका लागि अफिज ओलावाले एक्लै ५ गोल गरे। जारी लिगमा पहिलो ह्याट्रिक हानेका अफिजले खेलको २४, २८ र ५५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। 

अफिजले ५५ औं मिनेटमा पेनाल्टीमा गोल ह्याट्रिक पूरा गरेका हुन्। अफिजले खेलको ६२ र ६७ मिनेटमा गोल थपे। 

विमल घर्तीमगरले पहिलो हाफको इन्ज्युरी समय र विजय भुजेलले ८६ औँ मिनेटमा गोल गरे। 

खुमलटारका लागि मेसुके ओलुमोउले खेलको ६० र ८१ औं मिनेटमा गोल गरे। स्टेफन समिरले खेलको ७५ औँ मिनेटमा पेनाल्टीमा गोल गरे। 

जितसँगै मछिन्द्र ८ खेलबाट १२ अंक जोडेर छैटौँ स्थानमा छ। खुमलटार सात अंकमा दशौं स्थानमा यथावत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .