खेल


पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा नेपालका सुमनले बनाए स्थान

पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा नेपालका सुमनले बनाए स्थान

नेपालखबर
चैत २८, २०७९ मंगलबार १६:४५, काठमाडौँ

नेपाली मुलका सुमन घिमिरेले पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन्। 

पोर्चुगलले जिब्राल्टरसँगको तिन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा अलराउण्डर सुमनले १५ सदस्यीय टोलीले टोलीमा स्थान बनाएका हुन्। 

जिब्राल्टर भ्रमणमा रहेको पोर्चुगलले तिन खेलको सिरिज खेलिरहेको छ। पहिलो खेल १ सय २४ रनले जितेको पोर्चुगलले तेस्रो तथा अन्तिम खेल आज साँझ खेल्दैछ। 

सुमन पहिलो खेलमा बेन्चमा सिमित थिए। 

सुमनले यसअघि पोर्चुगलमा गोर्खा ११ बाट क्रिकेट खेल्दै आएका थिए। सन् २०२१ देखि पोर्चुगलमा खेल खेलिरहेका सुमनले ६३ खेलमा १ सय २३ चौका र ७३ छक्का मद्धतमा १२ सय ४७ रन हानेका छन्।

१३ खेलमा बलिङ गरेका उनले २५ ओभरमा १३ विकेट लिएका छन्। यसअघि नेपालको उमेर समुहको बन्द प्रशिक्षणमा डाकिएपनि सुमनले अन्तिम टोलीमा स्थान बनाउन सकेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .