ad ad

खेल


शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबको तेस्रो जित दर्ता

शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबको तेस्रो जित दर्ता

नेपालखबर
चैत २८, २०७९ मंगलबार १८:४९, काठमाडौँ

त्रिभुवन आर्मी फुटबल क्लबले शहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित दर्ता गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको हो। 

आर्मीको जितमा जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदील राईले एक एक गोल गरे। जावलाखेलका सुनिल खड्काले सान्त्वना गोल फर्काए। 

खेलको १६ औं मिनेटमा कार्कीको गोलमा आर्मीले सुरुवाती अग्रता बनाए। खेलको ५५ औँ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे। 

खेलको ६२ औं मिनेटमा सनिल खड्काले गोल गर्दै जावलाखेललाई २–१ को बराबरीमा ल्याए। 

तर ८० औं मिनेटमा आर्मीका सुदिल राइले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा दोस्रो स्थानको जावलाखेललाई आर्मीले पराजित गरेको हो। 

जितसँगै आर्मी पाँचौं स्थानमा पुगेको छ। आर्मीले आठ खेलबाट तीन खेलमा जित, तिनमा बराबरी र २ खेलमा हार भोग्दै १२ अंक जोडेको छ। 

लिगमा दोस्रो हार भोगेको जावलाखेल १४ अंकमा तालिकाको दोस्रो स्थानमा उथावत छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .