नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षत्री बेलबासेले फेयर ब्रेक टी २० प्रतियोगितामा पाँच विकेट लिएकी छन्।
बर्मी आर्मीबाट फेयर ब्रेक खेरिहेकी रुविना एक्लैले पाँच विकेट लिएकी हुन्।
फेयर ब्रेकमा एसोसियट राष्ट्रबाट पाँच विकेट लिने रुविना पहिलो बलर हुन्। समग्रमा एकै खेलमा पाँच विकेट लिने चौथो खेलाडी हुन्।
अलराउन्ड प्रदर्शन गरिरहेकी रुविनाको घातक बलिङमा आर्मीले ६१ रनले जित हात पारेको छ।
१ सय ६९ रनको लक्ष्य पछ्याएका शफायर्स १५.५ ओभरमा १ सय ७ रन बनाउँदा अलआउट भयो। शफायर्सलाई सस्तैमा रोक्न रुविनाले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ५ विकेट झारिन्।
त्यसअघि पहिले ब्याटिङ गरेको बर्मी आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको हो। रुविना २५ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा नटआउट रहिन्।
Shares
प्रतिक्रिया