घरेलु मैदानमा हुने काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल, भारत रहेकै समूहमा परेको छ।
आगामी जेठ ६ गते सुरु हुने प्रतियोगितामा नेपाल र भारतसहित बंगलादेश र किर्गिस्तान समूह एमा छन्। यसअघि सन् २०१९ मा घरेलु मैदानमा भएको दक्षिण एसियाली खेलकुद (साग) पछि नेपाल र भारत भिड्न लागेका हुन्।
समूह बीमा उज्वेकिस्तान, श्रीलंका, मालदिभ्स र काजाकिस्तान छन्।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगिताका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ। २१ सदस्यीय टोलीलाई प्रशिक्षक जान डे ब्रान्टले प्रशिक्षण दिइरहेका छन्।
यसअघि दुईपटक प्रतियोगिता जितिसकेको नेपाली टोली उपाधिमा ह्याट्रिक गर्ने योजनामा छ।
नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पिनयसिन आगामी जेठ ६ देखि १५ गते सम्म सञ्चालन हुनेछ।
24
Shares
प्रतिक्रिया