ad ad

खेल


मनाङको अपराजित यात्रामा पूर्णविराम, सातदोबाटो शीर्षस्थानमा उक्लियो

मनाङको अपराजित यात्रामा पूर्णविराम, सातदोबाटो शीर्षस्थानमा उक्लियो

फाइल तस्वीर


नेपालखबर
चैत २९, २०७९ बुधबार २०:५४, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगमा मनाङमस्र्याङ्दी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई १–० गोल अन्तरले हराएको हो।

सातदोबाटोको जितमा दिपक राज सिंह ठकुरीले निर्णायक गोल गरे। 

जितसँगै सातदोबाटो अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लिगमा पहिलो हार व्यहारेको मनाङ भने दोस्रो स्थानमा झरेको छ। 

खेलको ४० औं मिनेटमा दिपकराज सिंह ठकुरीको गोलमा सातदोबाटोले अग्रता बनाएको थियो। निरज चौधरीको पासमा दिपकले वन भर्सेस वन गोल गरेका हुन्। खेलमा मनाङले राम्रो अवसरहरु बनाएपनि गोल निकाल्न भने सकेन। 

मनाङले आठ खेलमा चारमा जित, ३ मा बराबरी र एक खेलमा हरा भोग्दै १५ अंक बनाएको छ। 

यता सातदोबाटोले भने पाँच खेलमा जित, एक खेलमा बराबरी र २ खेलमा हारको नतिजा निकालेको छ। 

आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले एपीएफलाई ५–३ गोल अन्तरले हराएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .