ad ad

खेल


नेपालद्वारा ओमान ५ विकेटले पराजित

नेपालद्वारा ओमान ५ विकेटले पराजित

नेपालखबर
बैशाख २, २०८० शनिबार २०:११, काठमाडौँ

एसिसि प्रिमियर कपअघि आयोजना भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गर्दै प्रतियोतिगा अघि मनोबल बटुलेको हो।

मंगलवारबाट मुलपानी र कीर्तिपुर मैदानमा १० टोलीले एसिसि प्रिमियर कप  खेल्दैछन्। सोही प्रतियोगिताका लागि नेपालले अभ्यास खेल खेलेको हो।

ओमानले निर्धारित ५० ओभरमा खेल्दै नेपाल सामु प्रस्तुत गरेका २ सय ४७ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

ओमानले दिएको लक्ष्य भेटाउँदै जित निकाल्न अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी निकै महत्वपूर्ण रह्यो।

ओपनर साउदले ६७ तथा कप्तान रोहितकुमार पौडेलले ५८ रन बनाउने क्रममा रिटायर्ट हर्ट भएका थिए। दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भएका थिए। कप्तान रोहितले ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिए पनि ८ रन भन्दा जोड्न सकेनन्।

नेपालका लागि ओपनरका रुपमा मैदान प्रवेश गरेका देव खनाल १० रनमा आउट भएका थिए। नेपालको पाँच विकेट निकाल्ने क्रममा ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो।

ओमानका लागि शोएब खानले १ सय १० रनको अविजित शतकीय इनिङ खेले। ओपनर जतिन्दरसिंह ४२ रन जोड्ने क्रममा पवेलियन फकिँदा अर्का ओपनर कश्याप प्रजापति १६ रनमा आउट भए।

मोहम्मद नदिमले २४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्। नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी।सी र सूर्य तामाङले समान २/२ विकेट लिए।

सोमबारबाट आयोजना हुने प्रतियोगिता एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन्।

एसीसी प्रिमियर कप मंगलवारदेखि सुरु हुनेछ। नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपाल सम्मिलित समूह ए मा ओमान, कतार, मलेसिया र साउदी अरेविया छन्। यस्तै समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

१० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एशिया कपमा भारत र पाकिस्तान खेल्ने मौका पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .