जर्मन बुन्डेस लिगाको उपाधि रक्षामा रहेको बायर्न म्युनिख १८९९ होफेनहाइनसँग बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा बायर्न होफेनहाइनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको बायर्न ले दोस्रो हाफमा गोल खाँदै अंक बाँड्न बाध्य भयो। खेलको १७औँ मिनेटमा बेन्जामिन पाभार्डको गोलमा बायर्नले सुरुवाती अग्रता बनाएको थियो। तर ७१औं मिनेटमा क्रामारिचको फ्रिकिक गोलमा गोल गर्दै होफेनहाइनलाई बराबरीमा ल्याए।
गएराति कै अर्को खेकामा बोरुसिया डर्टमुन्ट स्टुटगार्टसँग ३–३ गोलको बराबरीमा रोकिएको छ।
आरबी लाइपजिगले अग्सवर्गलाई ३–२ ले हराएको छ।
बराबरीसँगै शीर्ष स्थानको बायर्न को २८ खेलबाट ५९ अंक छ। समान खेलबाट डर्टमुन्डको ५७ अंक छ।
30
Shares
प्रतिक्रिया