मण्डीखाटार टेनिस क्लबद्वारा आयोजित दोस्रो विष्णु गैरे स्मृति टेनिस टुर्नामेन्ट २०८० सम्पन्न भएको छ।
१० दिन अघिदेखि सञ्चालन गरिएको उक्त टुर्नामेन्ट आइतबार सम्पन्न भएको हो।
खेल दिवंगत विष्णु गैरेको सम्झनामा आयोजना गरिएको हो। टुर्नामेन्टमा ३२ जना खेलाडीहरुको सहभागिता रहेको थियो।
खेलमा राजेन्द्र सिंह भण्डारी र सुदर्शन विष्टको जोडी प्रथम भएको छ। मेघेन्द्र प्रकाश गिरी र यूवराज थापाले दोस्रो स्थान हासिल गरेका छन्।
खेल समापन कार्यक्रमका प्रमुख अतिथी डा. भगवान कोइराला र विष्णु गैरेकी श्रीमती लक्ष्मी गैरेले पुरस्कार वितरण गरेका थिए।
36
Shares
प्रतिक्रिया