स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना गेटाफेसँग बराबरीमा रोकिएको छ।
आइतबार राति गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो। बराबरीसँगै दुई टोलीले एक-एक अंक बाँडेका छन्।
बार्सिलोनाका राफिन्हा र अलेजान्डो बाल्डे दुवैको प्रहारले पोस्टको गति लिन सकेन।
उपाधि होडमा रहेको बार्सिलोनाको २९ खेलबाट ७३ अंक छ। दोस्रो स्थानको रियल मड्रिडको ६२ अंक छ। बार्सिलोला र रियलबीचको अंक दूरी ११ अंकको छ।
गएराति नै भएको अर्को खेलमा रियलले भने अल्मेरियालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनासँगको अंक दूरी घटाएको हो।
अर्को खेलमा जिरोनाले एल्चेलाई तथा भ्यालेन्सियाले सेभिल्लालाई २–० गोल अन्तरले हराएका छन्।
9
Shares
प्रतिक्रिया