ad ad

खेल


एसीसी प्रिमियर कप : नेपालले गुमायो दुई विकेट

एसीसी प्रिमियर कप : नेपालले गुमायो दुई विकेट

नेपाली क्रिकेट टोली। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १४:११, काठमाडौँ

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाटन खेलमा नेपाल र मलेसिया भिडिरहेका छन्। 

टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको २३६ रनको लक्ष्य अहिले नेपालले पछ्याइरहेको छ।

त्यसक्रममा नेपालले सुरुवातमै पहिलो विकेट गुमायो। नेपालले कप्तान ओपनर कुशल भुर्तेल ३८ बलमा ३१ रन बनाएको अवस्थामा क्याच आउट भए।

त्यस्तै आशिफ शेख ३ बलमा केबल एक रन बनाउँदै पबेलियन फर्किएका छन्। 

ताजा अवस्थामा नेपालले ११ ओभर खेल्दै २ विकेटको क्षतिमा ६२ रन बनाएको छ। 

अहिले नेपालबाट क्रिजमा कप्तान रोहित पौडेल र भीम सार्की छन्। रोहितले ९ बलमा ९ रन र भीम सार्कीले २३ बलमा ८ रन बनाएर क्रिजमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .