ad ad

खेल


नेपाललाई तेस्रो धक्का, कप्तान रोहित ४२ रन बनाएर आउट

नेपाललाई तेस्रो धक्का, कप्तान रोहित ४२ रन बनाएर आउट

मलेसियाविरुद्ध खेलिरहेको नेपाली क्रिकेट टिम। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १५:०, काठमाडौँ

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाटन खेलमा नेपाल र मलेसिया भिडिरहेका छन्। 

टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको २३६ रनको लक्ष्य अहिले नेपालले पछ्याइरहेको छ।

त्यसक्रममा नेपालले सुरुवातमै पहिलो विकेट गुमायो। नेपालका कप्तान ओपनर कुशल भुर्तेल ३८ बलमा ३१ रन बनाएको अवस्थामा क्याच आउट भए।

त्यस्तै आशिफ शेख ३ बलमा केबल एक रन बनाउँदै पबेलियन फर्किएका छन्। 

त्यसपछि नेपाली कप्तान रोहित पौडेल पनि अर्धशतकनजिक पुगेर पबेलियन फर्किएका छन्। उनी ४३ बलमा ४२ रन बनाएको अवस्थामा क्याच आउट भएका हुन्। 

ताजा अवस्थामा नेपालले २५ ओभर खेल्दै ३ विकेटको क्षतिमा १३० रन बनाउन सफल भएको छ। 

अहिले नेपालबाट क्रिजमा  कुशल मल्ल र भीम सार्की छन्। कुशलले रोहितको स्थानमा भर्खरै मैदान छिरेका हुन्। 

उता रोहितसँग अर्धशतकीय साझेदारी पूरा गरेका भीम सार्की अहिले ६६ बलमा ३८ रनसहित क्रिजमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .