म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा सेभिल्लासँग ३–० ले हार्दै युनाइटेड अन्तिम आठ बाटै बाहिरिएको हो। युनाइटेड सेभिल्लासँग समग्रमा ५–२ गोल अन्तरले हार्यो।
पहिलो लेगमा २–२ गोलको बराबरीमा रोकिएको युनाइटेड दोस्रो लेगमा ३–० ले हार्यो। सेभिल्लाको जितमा युसुफ एन न्यास्रीले दुई तथा लोइक बेडले एक गोल गरे।
खेलको आठौं मिनेटमा न्यास्रीको गोलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको सेभिल्लाले दोस्रो हाफमा २ गोल थप्यो।
खेलको ४७औं मिनेटमा इभान राकिटिचको पासमा लोइक बेडले गोल गर्दै सेभिल्लाको अग्रता दोब्बर पारे। खेलको ८१औं मिनेटमा न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई अन्तिम चारमा पुर्याए।
सेभिल्लाले अब युरोपा लिगको फाइनलमा पुग्न युभेन्टसको सामना गर्नेछ। सेमिफाइनल खेल मे ११ मा हुनेछ।
Shares
प्रतिक्रिया