एसीसी प्रिमियर कपअन्तर्गत जारी ओमानविरुद्धको खेलमा नेपालले सुरुवातमै दुवै ओपनर गुमाएको छ।
ओपनर कुशल भुर्तेल र आशिफ शेख शून्य रनमा आउट भए। कुशल २.२ ओभरमा विलाल खानको बलमा एलबीडब्ल्यू धरापमा पर्दै पवेलियन फर्के। ३.४ ओभरमा आशिफ कलिमुल्लाहको बलमा बोल्ड आउट भए।
नेपालले ६ ओभरको समाप्तिमा २ विकेट गुमाएर मात्र ५ रन बनाएको छ। अहिले क्रिजमा भीम सार्की २ र कप्तान रोहित पौडेल ३ रन बनाएर खेलिरहेका छन्।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको हो।
42
Shares
प्रतिक्रिया