ad ad

खेल


एकै ओभरमा दुईसहित सन्दीपले दिलाए तेहेरो सफलता

एकै ओभरमा दुईसहित सन्दीपले दिलाए तेहेरो सफलता

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १४:१८, काठमाडौँ

सन्दीप लामिछानेले एकै ओभरमा दुईसहित नेपाललाई तेहेरो सफलता दिलाएका छन्। उनले यो सफलता लिने क्रममा केबल २ रन मात्रै दिएका छन्।

एसिसी प्रिमियर कपमा क्रिकेट अन्तर्गत नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको ओमानलाई धराशायी बनाउने क्रममा एकै ओभरमा सन्दीपले दुई विकेट लिएका हुन्। 

सन्दीपले १२ ओभरको तेस्रो बलमा साफिकलाई पेवेलियनको बाटो देखाएका थिए। साफिक ३३ बलमा १३ रन बनाएको अवस्थामा एलबीडब्लु धरापमा परेका हुन्। 

त्यसपछि १२ ओभरको छैटौँ बलमा सन्दीपले जिसन मकसुदलई बोल्ड गरे। मकसुद ३ बल सामना गर्दै शून्यमै पबेलियन फर्किएका हुन्।

सन्दीप यतिमै रोकिएनन्। उनले आफ्नो दोस्रो ओभरको पहिलो बलमै व्यक्तिगत तेस्रो विकेट पनि लिए। उनले १४ औँ ओभरको पहिलो बलमा कश्य प्रजापतिलाई पनि बोल्ड गरे। ओमानका ओपनर कश्य ३५ बलमा २५ रन बनाएको अवस्थामा पबेलियन फर्किए।

सफिकलाई आउट गरेसँगै सन्दीपले ओडीआई क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गरे। 

सन्दीपले ४२ खेलमा एक सय विकेट लिँदै अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडे।

यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .