कश्यप प्रजापति र जतिन्दर सिंहको विष्फोटक ब्याटिङमा ओमान एसीसी प्रिमियर कपको अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
मलेसियाले दिएको २ सय २८ रनको लक्ष्य ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।
ओमानका लागि ओपनर कश्यप प्रजापति र जतिन्दर सिंहले १ सय २३ रनको साझेदारी गरे। कश्यप ६९ बलमा ९ चौका र १ छक्का हान्दै ६६ रनमा बोल्ड आउट भए।
शोएब खान २ रनमा क्याच आउट भए। तेस्रो विकेटका लागि जतिन्दर र कप्तान जिसन मक्सुदले शतकिय साझेदारी गरे।
जतिन्दर १०१ र जिसन ५२ रनमा नटआउट रहे।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रनको योगफल तयार पारेको थियो।
मलेसियाका लागि विरनदिप सिंहले ९४ रनको योगदान दिए। मुहम्मद सहादतले ५५ र मुहम्मद अमिरले २० रन थपे।
ओमानले तिन खेलमा २ मा जित र १ मा खेलमा हार भोगेको छ। नेपाल २ खेलमा जित निकाल्दै ४ अंकमा शीर्ष स्थानमा छ।
Shares
प्रतिक्रिया