इण्डियन प्रिमियर लिग (आईपीएल)को आज भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकत्तालाई पराजित गरेको छ।
कोलकत्ताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा चेन्नईले कोलकत्तालाई ४९ रनले पराजित गर्यो।
चेन्नईको यो सिजननको पाँचौँ जित हो।
टस हारेर ब्याटिङ गरेको चेन्नईले २ सय ३६ रनको लक्ष्य दिएको थियो। कलकत्ताले २० ओभरमा ८ विकेटको क्षतिमा १८६ रन मात्रै जोड्न सक्यो।
यो जितसँगै चेन्नई अंकतालिकाको शीर्षस्थानमा पुगेको छ। चेन्नईको अहिले अधिकतम् १० अंक रहेको छ।
७ खेलबाट ८ अंक जोडेको राजस्थान रोयल्स दोस्रो स्थानमा छ।
18
Shares
प्रतिक्रिया