एसीसी प्रिमियर कपअन्तर्गत आज बिहान ९ बजे सुरु हुने भनिएको घरेलु टोली नेपाल र साउदी अरेबियाको खेलमा अझै टस हुन सकेको छैन। वर्षाका कारण मैदान भिजेकाले अझै टस हुन नसकेको हो।
माथिल्लो मूलपानी मैदानमा हुने आजको खेलमा नेपाल साउदीलाइ हराउँदै सेमिफाइनलमा पुग्न चाहन्छ। उता साउदी पनि उपाधि दाबेदार मानिएको नेपाललाई हराउँदै सेमिफाइनल पुग्ने प्रयासमा छ।
समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा छ। साउदी भने एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा चौथो स्थानमा छ।
नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो।
साउदी भने पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित हुँदा दोस्रो खेलमा कतारलाई ७ विकेटले पाखा लगाएको थियो।
27
Shares
प्रतिक्रिया