ad ad

खेल


भ्यालेन्टिनका कीर्तिमानी ४ गोलमा जिरोनासँग रियल पराजित

भ्यालेन्टिनका कीर्तिमानी ४ गोलमा जिरोनासँग रियल पराजित

नेपालखबर
बैशाख १३, २०८० बुधबार १२:१५, काठमाडौँ

भ्यालेन्टिन कास्टेलानोसका चार गोलमा जिरोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई हराएको छ। 

गएराति घरेलु मैदानमा भएको खेलमा जिरोनाले रियललाई ४–२ गोल अन्तरले पराजित गर्‍यो।

खेलको १२ औँ मिनेटमा भ्यालेन्टिनको हेडर गोलमा जिरोनाले सुरुवाती अग्रता बनाएको थियो। २४औँ मिनेटमा भ्यालेन्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। 

३४औँ मिनेटमा भिनिसियसको गोलमा रियल खेलमा फर्कियो। तर ४६ औँ मिनेटमा भ्यालेन्टिनले ह्याट्रिक गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए।

६२औँ मिनेटमा भ्यालेन्टिनले थप एक अर्को गोल गरे।

सन् १९४७ पछि स्पेनिस ला लिगामा रियलविरुद्ध चार गोल गर्ने भ्यालेन्टिन पहिलो खेलाडी हुन्। 

रियलका लागि भिनिसियस जुनियर र लुकास भास्क्वेजले गरेको सान्तवना गोल गरे। ८५औँ मिनेटमा लुकास भास्क्वेजले गोल गरेपनि रियलको हार टार्न सकेन। 

ला लिगामा रियल शीर्षस्थानको बार्सिलोनासँग ११ अंकले पछि छ। रियलले ३१ खेलबाट ६५ अंक जोडेको छ। एक खेल कम खेलेको बार्सिलोनाको ७६ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .