ad ad

खेल


पोखरा स्पोर्ट्स अवार्ड : साम्बा र करण केसी वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा

पोखरा स्पोर्ट्स अवार्ड : साम्बा र करण केसी वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा

नेपालखबर
बैशाख १३, २०८० बुधबार १२:४०, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा र क्रिकेटका अलराउन्डर करण केसी पोखरा स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्। 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै वर्ष उत्कृष्ट महिला, पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक र उदियमान खेलाडीको मनोनयन सार्वजनिक गरेको छ। 

वर्ष उत्कृष्ट महिला खेलाडीमा साम्बासहित आर्चरीकी रोजिना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुम्मिता मनोनयनमा पर्न सफल भएका छन्। 

वर्ष उत्कृष्ट पुरुषमा राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर केसी, आर्चरीका गगां बहादुर कुवँर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन्। 

वर्ष उत्कृष्ट प्रशिक्षकमा आर्चरीका किशोर कुमार गुरुङ, लन टेनिसका निरज थापा, आइटीएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा पर्न सफल भएका छन्। 

उदीयमान खेलाडीमा फुटबलमा सुमित श्रेष्ठ, क्रिकेटका सुवास भण्डारी, भलिबलमा रवि केसी मनोनयमा परेका छन्। 

वर्ष २०७९ मा खेलाडीले प्राप्त गरेका उपलब्धि र प्रर्दशनको आधारमा खेलाडी छनोट गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए। 

वर्ष खेलाडी पुरुष र महिलाको विजेताले  इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्। 

मञ्चले प्रदान गर्ने कुल ७ विधा मध्ये लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने व्यक्तिको नाम केही दिनमा सार्वजनिक गरिने मञ्चका अध्यक्ष दिनानाथ बरालले जानकारी दिए। वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा कार्यक्रममा नै गरिनेछ। 

उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, खेल पत्रकार र उत्कृष्ट खेलकुद संघ वा क्लबको विजेताले ३५ हजार रुपैयाँ पाउनेछन्। 

उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गरेका छन्। 

स्पोर्ट्स अवार्ड कार्यक्रम सम्पन्न गर्न ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। पोखरा स्पोर्टस् अवार्ड वैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .