पोखरामा जारी नेपाल भारत द्विपक्षीय टी २० दृष्टिविहीन महिला क्रिकेटको दोस्रो खेलमा नेपालले हार व्यहोरेको छ।
१७३ रनको लक्ष्य पाएको भारतले १४.३ ओभरमा १ विकेटको क्षतिमा ९ विकेटले पूरा गर्यो ।
भारतका लागि पुला र सिमु दासले उत्कृष्ट इनिङ खेलिन्। बी ३ दृष्टिविहीन पुलाले ६५ रन जोडिन्।
बी १ दृष्टिविहीन सिमुले ६६ रनको योगदान दिइन्। बी २ गंगौभाले २२ रन जोडिन्। उनी रन आउट भएकी थिइन्।
दृष्टिविहीन खेलाडीहरुले क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट खेल्छन्। क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ।
जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ (मध्यम दृष्टि) र बी ३ (न्यून दृष्टि) भएका खेलाडी हुन्।
यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा १७२ रनको योगफल तयार पारेको थियो।
Shares
प्रतिक्रिया