नेपाली राष्ट्रिय महिला टोलीका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु सम्मिलित किकस्टार एफसी कर्नाटक भारतीय महिला लिगमा पराजित भएको छ।
बिहीबार बिहान भएको खेलमा किकस्टार इस्टर्न स्पोर्टिङ युनियनसँग १–० गोल अन्तरले पराजित भएको छ।
इस्टर्नको जितका लागि खेलको २७ औँ मिनेटमा मन्दाकिनी देवीले गरेको गोल नै निर्णायक बन्यो।
किकस्टारका लागि सरुले खेलको सुरुवाती रोजाइमा नै मौका पाएकी थिइन्। रेनुका भने खेलको ४६ औँ मिनेटमा किएको एलिजावेथ कुटुग्वाको स्थानमा मैदान प्रवेश गरेकी थिईन्।
24
Shares
प्रतिक्रिया