ad ad

खेल


सन्दीप भन्छन्– मैले बनाएको रेकर्ड पनि नेपाली खेलाडीबाटै तोडियोस्

सन्दीप भन्छन्– मैले बनाएको रेकर्ड पनि नेपाली खेलाडीबाटै तोडियोस्

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १७:७, काठमाडौँ

नेपाली क्रिकेट टोलीको स्पिनर सन्दीप लामिछानेले आफ्नोभन्दा अगाडि नेपालको नाम आउने बताएका छन्। नेपाल र कतारबीचको खेलबीचको खेलमा जित निकालेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू मरेर जाँदापनि नेपालको नाम जहिल्यै आइरहने बताए। 

ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट पु¥याउने खेलाडीको विश्व रेकर्ड बनाएपछिको अनुभव सुनाउँदै उनले आफू खुशी भएको बताए। 

साथै, उनले आफ्नो रेकर्ड तोड्ने पनि नेपाली खेलाडी नै भएको हुन चाहेको बताए। ‘एकदम राम्रो एचिभमेन्ट हो। मेरो रेकर्ड ब्रेक गर्ने पनि नेपाली खेलाडी नै होस्’, लामिछानेले भने। 

लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका थिए। 

‘राम्रो हुन्छ। खुशी लाग्छ। मेरो लागि मात्र होइन मेरो नामभन्दा अगडाडि नेपालको नाम आउँछ,’ लामिछानेले आफ्नो अनुभव सुनाउँदै भने, ‘जहाँ पनि नेपाली बलर भनेर चिनिन्छ। हामी मरेर जाउँला तर त्यहाँ नेपालको नाम जहिल्यैपनि आइरहन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .