एसीसी प्रिमियर कप अन्तर्गत ओमान र युएईबीचको पहिलो सेमिफाइनल खेल खेलेसँगै मुलपानी क्रिकेट मैदानले एक दिवसीय (ओडीआई) मान्यता (ओडीआई) पाउने भएको छ।
एसीसी प्रिमियर कपमा दुई ओडिआई राष्ट्र ओमान र युएइबीच पहिलो सेमिफाइनल खेल भोलि शनिबार मुलपानी मैदानमा हुँदैछ।
यो सँगै नेपालमा ओडीआई मान्यता पाउने मुलपानी दोस्रो मैदान हुनेछ। यसअघि नेपालमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानले मात्र ओडीआई मान्यता पाएको थियो। टियू मैदानले सन् २०२० मा ओडीआई मान्यता पाएको थियो।
सन् २००८ मा निमार्ण सुरु भएको माथिल्लो मुलपानी मैदान आर्थिक अभावमा पटक पटक रोकिँदै आएको थियो। मुलपानी मैदानमा पहिलो पटक सिंगापुर र हङकङबीच अन्तर्राष्ट्रिय खेल भएको थियो।
ओडीआई मान्यता पाउने मुलपानी विश्वको २ सय १६ औँ मैदान बन्नेछ।
105
Shares
प्रतिक्रिया