नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेजो अल्बर्टो एनेसेले रणनीतिक प्रशिक्षणका लागि २८ खेलाडीलाई बोलाएका छन्।
मुख्य प्रशिक्षक एनेसेले जारी शहिद स्मारक ए डिभिजन लिगबाट खेलाडी छनोट गरेका हुन्।
प्रशिक्षणलाई भारतमा हुने साफ च्याम्पियनसिपको एक भागको रुपमा लिइएको छ। प्रशिक्षण मे १ बाट दशरथ रंगशालामा हुनेछ। साफ च्याम्पियनसिप २१ जुनदेखि ३ जुलाइसम्म भारतको बैगलुरुमा हुँदैछ।
साफ च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, भुटान, बंगलादेश, मालदिभ्स, पाकिस्तान गरि ६ राष्ट्रले सहभागिता जनाउनेछन्।
प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरु
गोलकिपर : किरण चेम्जोङ (पञ्जाब एफसी), अनिश देउजा (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब)
डिफेन्डर : सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ मस्र्याङ्दी क्लब), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमन्त थापा (जावलाखेल युथ क्लब), अन्जन महर्जन (फ्रेन्ड्स क्लब)
मिडफिल्डर : पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), दिपेश गुरुङ (थ्री स्टार क्लब), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लकेन लिम्बु (थ्री स्टार क्लब), आभास लामिछाने (एपीएफ फुटबल क्लब)
फरवार्ड : आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), जिलेस्पी जंग कार्की (त्रिभुवन आर्मी फुटबल क्लब)
प्रतिक्रिया