ad ad

खेल


बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियलको सहज जित

बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियलको सहज जित

नेपालखबर
बैशाख १७, २०८० आइतबार ८:३१, काठमाडौँ

करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल मड्रिडले स्पेनिस ला लिगामा अल्मेरियाविरुद्ध सहज जित हासिल गरेको छ। 

शनिबार राति भएको खेलमा रियलले अल्मेरियलाई ४–२ को गोल अन्तरले हराएको हो। 

रियलको जितमा ह्याट्रिक गरेका बेन्जेमा ला लिगामा सर्वाधक गोल गर्ने चौथो खेलाडी बनेका छन्।

ला लिगामा लियोनेल मेस्सी ४ सय ७४ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। ३११ गोल गरेका क्रिस्टियानो रोनाल्डो दोस्रो र २५२ गोल करेका जारा तेस्रो स्थानमा छन्। 

खेलको पाँचौं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको १७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे। ४२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कीर्तिमानी ह्याट्रिक पूरा गरे। 

पहिलो हाफको इन्ज्युरी समयमा म्यार्कुसले गोल गर्दै अल्मेरियालाई ३–१ को अवस्थामा ल्याए। खेलको ४७औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४–१ को अग्रता दिलाए।

खेलको ६१औं मिनेटमा रोबर्टोनले गोल गर्दै अल्मेरियालाई ४–२ को अवस्थामा ल्याए। 

जितसँगै रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ११ अंकले पछि छ। ३२ खेलबाट बार्साको ७९ अंक छ। समान खेलबाट रियलको ६८ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .